प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा प्रहरी वृत्त थानकोटको नवनिर्मित भवनको उद्‍घाटन

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, १६ भदौ     

  प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवन तथा व्यारेकको सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुका साथै नवनिर्मित  भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

   नेपाल सरकारबाट प्राप्त बजेट अन्तर्गत रही नेपाल प्रहरी प्रधान कार्यालय,भौतिक पूर्वाधार निर्देशनालयबाट योजना बनाई जिल्ला प्रहरी परिसर काठमाडौंको मातहत प्रहरी वृत्त थानकोटको कार्यालय तथा व्यारेक भवनको सम्पूर्ण लागत ६ करोड ७१ लाख ३४ हजार ९ सय २० रुपैयाँ ०२ पैसामा निर्माण सम्पन्न भएको थियो ।

       उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै  प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाडौं उपत्यकाको प्रमुख नाकाको मध्येको एक नागढुङ्गा क्षेत्रमा अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिनेमा विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै  प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने चन्द्रागिरी नगरपालिका सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पुर्ण स्थानियबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

          काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन उपत्यका प्रहरी कार्यालय शान्ति,सुरक्षा तथा सुशासनमा थप व्यावसायिक बन्दै जाने प्रतिवद्वता व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विवेकपूर्ण निर्णयबाट कानूनसम्मत तवरले प्रहरी कारवाही गर्न निर्देशन समेत दिनुभयो ।

      कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, चन्द्रागिरी नगरपालिकाका नगर उप-प्रमुख बसन्ती श्रेष्ठ,काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छवी रिजाल,जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले,काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ,जिल्ला प्रहरी परिसर काठमाडौका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी,काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थितिमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम सहित २ जना नियन्त्रणमा
२०८२-०९-१८

मिति २०८२।०९।१७ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल नजिक रहेको एक गेष्ट हाउसको कोठामा लागु औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भइ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २ जनालाई ३५ ग्राम लागु औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थ लगायत सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको । पक्राउ परेका मानिसहरू १.         जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने वर्ष ३२ को विशाल राई । २.         जिल्ला सुनसरी, कोशी गाउँपालिका २ घर भइ ऐ. बस्ने वर्ष २४ को दयानन्द यादव । बरामद सामानहरू १.         लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ - ३५ ग्राम २.         तौल गर्ने डिजिटल तराजु थान - १ ३.         मोबाइल  थान - ३

६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित मानिस पक्राउ
२०८२-०९-१८

काठमाडौं महानगरपालिका ४ बलुवाटार स्थित रहेको स्र्टोर्म नेटवर्क प्रा.लि.को रु.४८,७२,६२०।- (अक्षरेपि अठचालीस लाख बहत्तर हजार छ सय बीस) र ईको भ्याली प्रा.लि.को रु.८,५८,५४१।- (अक्षरेपि आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) चोरी गर्ने काठमाडौं महानगरपालिका २ खुर्सीनिटार बस्ने वर्ष २४ को दुर्गा बहादुर के.सी.लाई पक्राउ गरेको छ ।  मिति २०८२।०९।१२ गते राती चोरी गरी फरार रहेका निजलाई  खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको हो । निजको साथबाट नगद रकम रु.६५,१७,१४०।- (अक्षरेपि पैँसट्ठी लाख सत्र हजार एक सय चालीस) सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान  १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान  २८ चाँदी जस्तो देखिने सेतो धातुको थान  १  Dell कम्पनीको ल्यापटप थान  १ बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट सहित ६ जना पक्राउ
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते २१:३० बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोक स्थितबाट निम्न मानिसहरूलाई चेकजाँच गर्दा एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।  पक्राउ परेका मानिसहरू १.      जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा । २.      ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ शेर्पा ।३.      जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ ।४.      जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती । ५.      जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा । ६.      जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो ।

बिल बिनाको सामान बरामद
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते बिहान ०६:१५ बजेको समयमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ स्थित बाफल चोकबाट धनगढी देखी काठमाडौं आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की भित्रबाट २८ कार्टुन मोबाईको पार्टस सामान ( बिल बिनाको) सहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बृत स्वयम्भुमा राखि प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ । बरामद सामानहरू  -          २७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा ४०,५०० पिस, १ पिसको अन्दाजी मुल्य रु ३५ को दरले रु.१४,१७,५०० अक्षरुपी चौध लाख सत्र हजार पाँच सय  र -          १ बोरामा १०० पिस air pods, १ पिसको अन्दाजी मुल्य रु.८०० को दरले रु.८०,०००।– अक्षरुपी असी हजार गरी जम्मा अन्दाजी मुल्य रु.१४,९७,५०० अक्षरुपी चौध लाख सन्तानब्बे हजार पाँच सय  ।