प्रहरी कन्ट्रोल : १००
नेपा
EN

कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

२०८२-०५-१५

  • A
  • A-
  • A+
Share

   काठमाडौं, १५ भदौ      

         काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापा र  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ बीच गत भदौ ८ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आईतवार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र जिल्ला प्रहरी कार्यालय काठमाडौं, भद्रकालीका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक विश्व अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, जिल्ला प्रहरी कार्यालय ललितपुर, जावलाखेलका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक नवराज अधिकारीकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका निमित्त प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य, सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई, रामशाहपथका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले,नेपाल प्रहरी पहरा गण, सामाखुसीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २,महाराजगंजका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सि., काठमाडौं उपत्यका प्रहरी शिक्षालय, महाराजगंजका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ, काठमाडौं उपत्यका, विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, नेपाल प्रहरी सिंहदरवार सुरक्षा गण, सिंहदरवारका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने, घुम्ति पर्यटक प्रहरी कार्यालय (पर्यटक प्रहरी कार्यालय) भृकुटीमण्डपका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझा, नेपाल प्रहरी अनाश्रित गुल्म, जगन्नाथदेवलका प्रमुख, प्रहरी नायव उपरीक्षक जेसी शाह, नेपाल प्रहरी नारायहिटी सुरक्षा गारद गुल्म, नारायहिटीका प्रमुख, प्रहरी निरीक्षक स्मृति सिलवाल बीच हस्ताक्षर भएको थियो ।

     कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय र यस कार्यालय मातहत कार्यालयहरूबीच भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको बताउनुहुदै काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख टेक बहादुर तामाङले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरुपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।  प्रहरी सेवालाई चुस्त दुरूस्त एवम् प्रभावकारी बनाउन यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुदै उहाँले आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू लगायत समसामयिक विषयहरू समेत समावेश गरिएकाले सुरक्षित काठमाडौ उपत्यका (Safer Kathmandu Valley) अभियानमा सबै मातहत कार्यालयहतरूको ऐक्यवद्दता रहने विश्वास  व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-०८

काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०८

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बिच कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।       सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरीक सुरक्षाको लागी मुख्य सरोकारवाला निकाय नेपाल प्रहरी भएकाले नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो । सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०७

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीको  तर्फबाट आयोजना निर्देशक मचाकाजी महर्जन बिच काठमाडौंको गोकर्ण देखि बल्खु सम्म बागमति नदि करिडोरमा सि.सि.टि.भि. जडान  सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।       सो कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका निर्देशक मचाकाजी महर्जनले नागरीक सुरक्षाको लागी नेपाल प्रहरीसँग सहकार्य गर्न पाँउदा खुसि व्यक्त गर्नुभयो ।सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको शान्ति सुरक्षालाई मध्यनजर गरी यहाँहरुले लगानी गरिदिनु भऐकोमा नेपाल प्रहरीको तर्फबाट धन्यबाद  व्यक्त गर्नुभयो ।      कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका पदाधिकारीहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

‘सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्य शुभारम्भ
२०८२-१०-०७

ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन तथा सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट शुभारम्भ भएको छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायात नागरिकको पहुँचमा हुने भएकाले यसलाई प्रविधियुक्त बनाउन आवश्य रहेको बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा आजबाट संचालनमा आएको हो । उक्त कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सफल बनाउन बिभिन्न क्षेत्रबाट भूमिका खेल्ने संघ-संस्था र व्यक्तिहरूलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।            कार्यक्रममा NAIMA, NADA का प्रतिनिधि,यातायात व्यवसायी, कलाकार, ट्राफिक प्रहरी कर्मचारीहरू तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।