प्रहरी कन्ट्रोल : १००
नेपा
EN

कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

२०८२-०५-१५

  • A
  • A-
  • A+
Share

   काठमाडौं, १५ भदौ      

         काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापा र  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ बीच गत भदौ ८ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आईतवार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र जिल्ला प्रहरी कार्यालय काठमाडौं, भद्रकालीका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक विश्व अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, जिल्ला प्रहरी कार्यालय ललितपुर, जावलाखेलका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक नवराज अधिकारीकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका निमित्त प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य, सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई, रामशाहपथका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले,नेपाल प्रहरी पहरा गण, सामाखुसीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २,महाराजगंजका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सि., काठमाडौं उपत्यका प्रहरी शिक्षालय, महाराजगंजका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ, काठमाडौं उपत्यका, विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, नेपाल प्रहरी सिंहदरवार सुरक्षा गण, सिंहदरवारका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने, घुम्ति पर्यटक प्रहरी कार्यालय (पर्यटक प्रहरी कार्यालय) भृकुटीमण्डपका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझा, नेपाल प्रहरी अनाश्रित गुल्म, जगन्नाथदेवलका प्रमुख, प्रहरी नायव उपरीक्षक जेसी शाह, नेपाल प्रहरी नारायहिटी सुरक्षा गारद गुल्म, नारायहिटीका प्रमुख, प्रहरी निरीक्षक स्मृति सिलवाल बीच हस्ताक्षर भएको थियो ।

     कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय र यस कार्यालय मातहत कार्यालयहरूबीच भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको बताउनुहुदै काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख टेक बहादुर तामाङले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरुपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।  प्रहरी सेवालाई चुस्त दुरूस्त एवम् प्रभावकारी बनाउन यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुदै उहाँले आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू लगायत समसामयिक विषयहरू समेत समावेश गरिएकाले सुरक्षित काठमाडौ उपत्यका (Safer Kathmandu Valley) अभियानमा सबै मातहत कार्यालयहतरूको ऐक्यवद्दता रहने विश्वास  व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।