प्रहरी कन्ट्रोल : १००
नेपा
EN

विपद उद्दार सामाग्री संकलन अभियान अन्तर्गत “Portable Oxygen Cylinder हस्तान्तरण कार्यक्रम” सम्‍पन्‍न ।

२०८२-०५-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, १२ भदौ

    काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Elite Exped संस्थाको तर्फबाट ३ थान Portable Oxygen Cylinder  हस्तान्तरण गरिएको छ ।  

   विपद प्रतिकार्यको समयमा भुमिगत इनार, बन्द कोठा वा सुरुङहरुमा फसेकाहरुलाई उद्दार गर्न उद्दारकर्ता नेपाल प्रहरीलाई Portable Oxygen Cylinder अति नै आवश्यक रहेको हुँदा सोही विषयलाई मध्यनजर गरी Elite Exped संस्थाको सहयोगमा Portable Oxygen Cylinder हस्तान्तरण गरिएको हो ।   सोही अबसरमा Elite Exped संस्थाबाट प्राप्त ३ थान Portable Oxygen Cylinder  नगर प्रहरी कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलाई हस्तान्तरण गरिएको थियो ।

     विपद प्रतिकार्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विपद प्रतिकार्यको समयमा भुमिगत इनार वा सुरुङहरुमा फसेकाहरुलाई उद्दार गर्दा नेपाल प्रहरीका कर्मचारीहरु जोखिम मोलेर  उद्दार गर्ने गरेकोमा अबको समयमा Portable Oxygen Cylinder  को सहयोगले उद्दार गर्दा प्रहरी कर्मचारीहरु अझ सुरक्षित हुने हुँदा थप हौसला प्रदान हुने विश्वास व्यक्त गर्नु भयो । साथै विगतको समयमा काठमाडौं उपत्यकामा हुने प्राकृतिक विपत्तिलाई न्यूनिकरण गर्न साधन श्रोतको कमीलाई महशुस गरि विपद उद्वार सामाग्री संकलन अभियान संचालन गरी हाल सम्म ९८५ वटा  लाईफ ज्याकेट र ७ वटा  रबर बोट प्राप्त गरिसकेको जानकारी दिदै काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सहयोग पुर्‍याउने Elite Exped संस्थालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धन्यबाद व्यक्त गर्दै प्राप्त Portable Oxygen Cylinder  को सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

   कार्यक्रममा Elite Exped का Marketing Director गोविन्द बडुवालले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्कतिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै Elite Exped ले आगामी दिनहरुमा पनि समन्वय,सहकार्य र सहयोगका लागी सधै तयार रहेको बताउनु भयो ।

 Portable Oxygen Cylinder को कुशल उपयोगिताको सम्बन्धमा अभ्यास समेत गरिएको सो कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Elite Expedका प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

 

 

 

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।