प्रहरी कन्ट्रोल : १००
नेपा
EN

“आर्थिक वर्ष – २०८१/०८२ को कार्य प्रगति विवरण” सम्बन्धमा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

२०८२-०५-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, ०६ भदौ

         काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा “आर्थिक वर्ष – २०८१/०८२ को कार्य प्रगति विवरण” सम्बन्धमा सञ्चारकर्मीहरुसंग अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

      काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष – २०८१/०८२ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा सम्पादन गरेका कार्यहरु तथा भावी योजनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रस्तुतीकरण गर्नु भएको थियो ।

  उक्त अवसरमा सञ्चारकर्मीहरुद्वारा आर्थिक वर्ष – २०८१/०८२ को कार्य प्रगति विवरणका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्ने पहल कदमीहरुको सम्बन्धमा राय, सुझाव समेत व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आर्थिक वर्ष – २०८१/०८२ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाको सुरक्षा चुनौतीहरुलाई समाधान गर्न कार्यान्वयनमा ल्याएका योजनाहरुको सम्बन्धमा थप जानकारी दिनुका साथै कार्यान्वयनमा ल्याईएका योजनाहरुबाट हासिल गरेका उपलब्धिका सम्बन्धमा जानकारी गराउनु भएको थियो । साथै सुरक्षित काठमाडौ उपत्यका (Safer Kathmandu Valley) को अवधारणालाई पूर्ण रुपमा आत्मसात गर्न सुरक्षित काठमाडौ   उपत्यका त्रिवर्षीय कार्ययोजना निर्माण गरी कार्यान्वयन समेत प्रारम्भ गरिएको र कार्ययोजनामा समेटिएका क्रियाकलापका विषयमा थप जानकारी समेत गराउनुभयो ।

  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरु, विभिन्न सञ्चार माध्यमबाट प्रतिनिधित्व गर्नुहुने सञ्चारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।        

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।