प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति–सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न ।

२०८२-०५-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, ०६ भदौ

            काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठले आयोजना गरेको “शान्ति र सुरक्षा : हाम्रो साझा जिम्मेवारी” भन्ने मूल नारासहित जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

     कार्यक्रममा कार्यक्रमका विशेष अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठ्ठाराम अधिकारीले स्थानीयस्तरमा सुरक्षालाई बलियो बनाउन सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउदै अपराध नियन्त्रण, आपराधिक गतिविधिको रोकथाम, मादक पदार्थ दुरुपयोगमा न्यूनीकरण, सडक सुरक्षा र सामुदायिक सद्भावलाई प्रवर्द्धन गर्नका लागि नगरपालिका निरन्तर नेपाल प्रहरी संग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

             कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रले नेपाल प्रहरीसंग समन्वय साथै सहकार्य गरी समाजमा रहेको विकृती- विसंगतीहरुलाई न्यूनीकरण गर्न महत्वपुर्ण योगदान दिएको स्मरण गर्दै पछिल्लो समय साना उमेरका विद्यार्थीहरु लागू औषधको दुर्व्यसनी तथा साईबर क्राइमको सिकार समेत भइरहेकाले यस्ता अपराध लगायतका मुद्दाहरुको राकथामको निम्ति स्थानीय स्तरमानै नयाँ रणनीति अपनाइ “सुरक्षित उपत्यका: ह्राम्रो प्रतिवद्धता” अभियानको अबधारणा  कार्यान्वयनमा ल्याउने तयारीमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रहेको जानकारी दिनुभयो । साथै आउदै गरेको हरीतालिका तिज पर्वको समेत उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।

      कार्यक्रमका सभाध्यक्ष बुढानिलकण्ठ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले प्रहरी र नागरिकको सहयोग, समन्वय र सहकार्यले मात्र सभ्य एवम् सुरक्षित समाज निर्माण गर्न सकिनेमा जोड दिनुभयो ।

        उक्त अवसरमा उपस्थित विभिन्न सहभागीहरूले शान्ति र सुरक्षाबारे आफ्ना अनुभव, सुझाव र जिज्ञासाहरु  प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, स्थानीय समाजसेवी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।