प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति–सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न ।

२०८२-०५-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, ०६ भदौ

            काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठले आयोजना गरेको “शान्ति र सुरक्षा : हाम्रो साझा जिम्मेवारी” भन्ने मूल नारासहित जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

     कार्यक्रममा कार्यक्रमका विशेष अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठ्ठाराम अधिकारीले स्थानीयस्तरमा सुरक्षालाई बलियो बनाउन सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउदै अपराध नियन्त्रण, आपराधिक गतिविधिको रोकथाम, मादक पदार्थ दुरुपयोगमा न्यूनीकरण, सडक सुरक्षा र सामुदायिक सद्भावलाई प्रवर्द्धन गर्नका लागि नगरपालिका निरन्तर नेपाल प्रहरी संग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

             कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रले नेपाल प्रहरीसंग समन्वय साथै सहकार्य गरी समाजमा रहेको विकृती- विसंगतीहरुलाई न्यूनीकरण गर्न महत्वपुर्ण योगदान दिएको स्मरण गर्दै पछिल्लो समय साना उमेरका विद्यार्थीहरु लागू औषधको दुर्व्यसनी तथा साईबर क्राइमको सिकार समेत भइरहेकाले यस्ता अपराध लगायतका मुद्दाहरुको राकथामको निम्ति स्थानीय स्तरमानै नयाँ रणनीति अपनाइ “सुरक्षित उपत्यका: ह्राम्रो प्रतिवद्धता” अभियानको अबधारणा  कार्यान्वयनमा ल्याउने तयारीमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रहेको जानकारी दिनुभयो । साथै आउदै गरेको हरीतालिका तिज पर्वको समेत उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।

      कार्यक्रमका सभाध्यक्ष बुढानिलकण्ठ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले प्रहरी र नागरिकको सहयोग, समन्वय र सहकार्यले मात्र सभ्य एवम् सुरक्षित समाज निर्माण गर्न सकिनेमा जोड दिनुभयो ।

        उक्त अवसरमा उपस्थित विभिन्न सहभागीहरूले शान्ति र सुरक्षाबारे आफ्ना अनुभव, सुझाव र जिज्ञासाहरु  प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, स्थानीय समाजसेवी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम सहित २ जना नियन्त्रणमा
२०८२-०९-१८

मिति २०८२।०९।१७ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल नजिक रहेको एक गेष्ट हाउसको कोठामा लागु औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भइ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २ जनालाई ३५ ग्राम लागु औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थ लगायत सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको । पक्राउ परेका मानिसहरू १.         जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने वर्ष ३२ को विशाल राई । २.         जिल्ला सुनसरी, कोशी गाउँपालिका २ घर भइ ऐ. बस्ने वर्ष २४ को दयानन्द यादव । बरामद सामानहरू १.         लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ - ३५ ग्राम २.         तौल गर्ने डिजिटल तराजु थान - १ ३.         मोबाइल  थान - ३

६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित मानिस पक्राउ
२०८२-०९-१८

काठमाडौं महानगरपालिका ४ बलुवाटार स्थित रहेको स्र्टोर्म नेटवर्क प्रा.लि.को रु.४८,७२,६२०।- (अक्षरेपि अठचालीस लाख बहत्तर हजार छ सय बीस) र ईको भ्याली प्रा.लि.को रु.८,५८,५४१।- (अक्षरेपि आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) चोरी गर्ने काठमाडौं महानगरपालिका २ खुर्सीनिटार बस्ने वर्ष २४ को दुर्गा बहादुर के.सी.लाई पक्राउ गरेको छ ।  मिति २०८२।०९।१२ गते राती चोरी गरी फरार रहेका निजलाई  खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको हो । निजको साथबाट नगद रकम रु.६५,१७,१४०।- (अक्षरेपि पैँसट्ठी लाख सत्र हजार एक सय चालीस) सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान  १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान  २८ चाँदी जस्तो देखिने सेतो धातुको थान  १  Dell कम्पनीको ल्यापटप थान  १ बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट सहित ६ जना पक्राउ
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते २१:३० बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोक स्थितबाट निम्न मानिसहरूलाई चेकजाँच गर्दा एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।  पक्राउ परेका मानिसहरू १.      जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा । २.      ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ शेर्पा ।३.      जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ ।४.      जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती । ५.      जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा । ६.      जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो ।

बिल बिनाको सामान बरामद
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते बिहान ०६:१५ बजेको समयमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ स्थित बाफल चोकबाट धनगढी देखी काठमाडौं आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की भित्रबाट २८ कार्टुन मोबाईको पार्टस सामान ( बिल बिनाको) सहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बृत स्वयम्भुमा राखि प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ । बरामद सामानहरू  -          २७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा ४०,५०० पिस, १ पिसको अन्दाजी मुल्य रु ३५ को दरले रु.१४,१७,५०० अक्षरुपी चौध लाख सत्र हजार पाँच सय  र -          १ बोरामा १०० पिस air pods, १ पिसको अन्दाजी मुल्य रु.८०० को दरले रु.८०,०००।– अक्षरुपी असी हजार गरी जम्मा अन्दाजी मुल्य रु.१४,९७,५०० अक्षरुपी चौध लाख सन्तानब्बे हजार पाँच सय  ।