प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत सञ्चालित विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता कार्यक्रम सम्पन्न ।

२०८२-०५-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, १ भदौ

   नेपाल पुलिस स्कुल सामाखुसीको वार्षिक शैक्षिक क्यालेन्डर बमोजिम नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत २ दिवसिय “सेकेन्ड एनपिएस सामाखुसी चेस च्याम्पियनसिप- २०८२”  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख तथा नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ ।

  मिति २०८२/०४/३१ गतेबाट दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा कुल ८२ विद्यालयबाट जुनियर तर्फ ८२ र सिनियर तर्फ ८४ जना गरी कुल १६६ जना सहभागीबाट सिनियर ब्वाइज (कक्षा ९–१२), सिनियर गर्ल्स (कक्षा ९–१२), जुनियर ब्वाइज (कक्षा ५–८) र जुनियर गर्ल्स (कक्षा ५–८) गरी चार समूहमा प्रतिस्पर्धा गराई प्रथम, द्वितीय, तृतीय तथा दुई- दुई जना सान्त्वना गरी २० जना विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।

   सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाण पत्र, पुरस्कार, मेडल तथा ट्रफि वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल पुलिस स्कूलले शिक्षा र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै विद्यालय स्तरमै बुद्धिचाल जस्तो बौद्धिक खेललाई प्रोत्साहन गर्नु गौरवपूर्ण कार्य भएको बताउनुभयो ।

    समापन समारोहका सभा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले विद्यालयको प्रयासको प्रशंसा गर्दै प्रमुख अतिथि, सहभागी विद्यालय तथा विद्यार्थी, निर्णायक र आयोजक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य श्री रामप्रसाद भुसालले  स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा नेपाल चेस महासंघका अध्यक्ष हिराकाजी महर्जन, नेपाल पुलिस स्कुलका सहायक प्राचार्य ओमप्रसाद भुसाल, नेपाल पुलिस स्कुल सामाखुसीका समादेशक प्रहरी निरीक्षक राजन प्रसाद काफ्ले, सहभागी विद्यालयका शिक्षकहरु, निर्णायक समितिका सदस्यहरु र विद्यार्थीहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।