राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक विस्तारित बोर्ड उद्यान सञ्चालक तथा व्यवस्थापन समिति, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०४-३१
- A
- A-
- A+

काठमाडौं, ३१ साउन
माननीय वन तथा वातावरण मन्त्री ऐन
बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका
कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय
सहिद तथा शान्ति पार्क निजामति स्मारक विस्तारित बोर्ड उद्यान सञ्चालक तथा व्यवस्थापन
समिति, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच
समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम गोकर्णेश्वर
नगरपालिका ४, जगडोलमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय सहिद तथा शान्ति पार्क
समितिका अध्यक्ष सुदर्शन सिग्देल,माननीय सन्तोष चालिसे, माननीय शान्ती श्रेष्ठ, माननीय
कृष्ण चालीसे, सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष माननीय महेश
थापा तथा सत्य निरुपण तथा मेलमिलाप आयोगका
अध्यक्ष माननीय सदस्यहरु, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल,
प्रहरी वरिष्ठ अधिकृतहरु, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख
तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।