प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल मेडिसिटी अस्पताल बीच Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न ।

२०८२-०४-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३० साउन

 काठमाडौं उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो बीच प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सुविधा उपलब्ध गराउने सम्बन्धमा Memorandum Of Understanding(MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

  ललितपुर जिल्ला वडा नं १८ सैबु, भैसेपाटीमा अवस्थित अन्तराष्ट्रिय स्तरको आश्‍विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि. अन्तर्गत दर्ता भई सञ्चालनमा आएको नेपाल मेडिसिटी अस्पतालमा स्वास्थ्य सेवा लिने क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यरत सम्पूर्ण बहालवाला तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरु, तिनीहरुको परिवारका सदस्यहरुलाई ओ.पि.डि., ल्याब र रेडियोलोजी सेवामा १०% र आइ.पि.डि. सेवामा १५% छूट तथा बिल भुक्तानीको समयको लागि अधिकतम ३० दिनको क्रेडिट सेवा दिइने साथै  सामाजिक उत्तरदायित्व तर्फको भूमिका वहन गर्दै दुवै पक्षबाट स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गराउने उद्देश्य सहित यस सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपालमै संचालित अन्तराष्ट्रिय स्तरको अस्पतालसंग सम्झौतापत्रमा हस्ताक्षर भई बहालवाला तथा सेवा निवृत प्रहरी कर्मचारीहरु र परिवारजनले नेपाल मेडिसिटी अस्पतालमा उपचार सेवा पाउदा प्रहरी कर्मचारीहरुमा उत्प्रेरणा वृद्धि हुनेमा विश्वास ब्यक्त गर्नु भयो ।

    कार्यक्रममा नेपाल मेडिसिटी अस्पताल का अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नो  मन्तव्य व्यक्त गर्दै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने पुनित कार्यमा समर्पित नेपाल प्रहरीका कर्मठ प्रहरी कर्मचारीहरुको स्वास्थ्यको सम्बन्धमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत आफ्नो तथा नेपाल मेडिसिटी अस्पतालको तर्फबाट सदैव सहयोग हुने प्रतिवद्धता समेत जनाउनु भयो ।

    कार्यक्रममा प्रहरी नायब महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, नेपाल मेडिसिटी अस्पतालका प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।