जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८२-०४-२२
- A
- A-
- A+
काठमाडौं, २२ साउन
काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही
महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल
राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई
बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले
उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपलिका-१६ माछापोखरी बस्ने विजय थापाको घरमा
जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका-१ घर भएकी ५२
वर्षीया लक्ष्मी तामाङ समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३ सय रूपैयाँ र ३
बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।