दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-०४-१८
- A
- A-
- A+

मिति २०८२/०४/१८
गते, काठमाडौं उपत्यका
प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर
तामाङको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी
प्रशासन शाखाको मिति २०८२।०४।१६ गतेको पत्रले २०८२/०४।१५ गतेबाट लागू हुने गरी
जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा
बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
सम्पन्न भएको छ । बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरुमा, प्रहरी नायव निरीक्षक दिपक गिरी र प्रहरी नायव
निरीक्षक देव शंकर खड्का हुनुहुन्छ ।
दर्ज्यानी
चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले
सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया
भएकाले पदोन्नति हुनु भएका जुनियर प्रहरी अधिकृतहरुले पदोन्नतिसँगै काँधमा थपिएको
जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी
राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।
दर्ज्यानी
चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी कर्मचारीहरुको तर्फबाट प्रहरी नायव निरीक्षक दिपक गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव, अवसर र
चुनौतीको सम्बन्धमा मन्तव्य प्रस्तुत
गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ
उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ
उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायतका सिनियर प्रहरी अधिकृतहरू र अन्य प्रहरी
कर्मचारीहरूको उपस्थिति रहेको थियो ।