प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

२०८२-०४-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, १५ साउन

      काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा विभिन्न समयमा कार्यालय प्रमुखको रुपमा कार्यरत रहनुभएका पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुसँग काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका ( Safer KathmanduValley)”  त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा बिहीबार सम्पन्न भएको छ ।

            कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विभिन्न समयमा यस कार्यालयका प्रमुखको रुपमा कार्यरत रही आफ्नो कार्य दक्षता र उच्च व्यावसायिक क्षमता प्रस्तुत गरी सफल समेत भईसक्नु भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुबाट व्यक्त अनुभव, बौद्धिकता, व्यावसायिक सीप र कार्य कुशलतालाई सुझाव र रायको रुपमा संकलन गरी यस कार्यालयबाट तयार पारिदैँ गरेको सुरक्षित काठमाडौ उपत्यका Safer Valley कार्य योजनालाई थप सशक्त बनाउनस कार्यक्रममको आयोजना गरिएको बताउनुभयो  

       काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिप शम्सेर ज.ब.राले सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाको उद्धेश्य महत्व समेटिएको क्रियाकलाप लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

        कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व आयुक्त तथा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक माननीय केशव प्रसाद बराल,पूर्व  प्रहरी अतिरीक्त महानिरीक्षकहरू डा.गोविन्द प्रसाद थापा, अनन्त राम भट्टराई,रवि कान्त अर्याल,रमेश कुमार श्रेष्ठ,बिज्ञानराज शर्मा, उत्तमराज सुवेदी र किरण बज्राचार्य तथा पूर्व प्रहरी नायव महानिरीक्षकहरू भुवन चन्द्र भट्ट र मनोज नेउपानेले आ-आफ्ना राय तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

      कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू,प्रहरी नायव उपरीक्षकहरू लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।