प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

२०८२-०४-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, १५ साउन

      काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा विभिन्न समयमा कार्यालय प्रमुखको रुपमा कार्यरत रहनुभएका पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुसँग काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा तयार गरिएको सुरक्षित काठमाडौ उपत्यका ( Safer KathmanduValley)”  त्रि-बर्षिय कार्य योजनाका सम्बन्धमा छलफल तथा सुझाव संकलन कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा बिहीबार सम्पन्न भएको छ ।

            कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विभिन्न समयमा यस कार्यालयका प्रमुखको रुपमा कार्यरत रही आफ्नो कार्य दक्षता र उच्च व्यावसायिक क्षमता प्रस्तुत गरी सफल समेत भईसक्नु भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायव महानिरीक्षकहरुबाट व्यक्त अनुभव, बौद्धिकता, व्यावसायिक सीप र कार्य कुशलतालाई सुझाव र रायको रुपमा संकलन गरी यस कार्यालयबाट तयार पारिदैँ गरेको सुरक्षित काठमाडौ उपत्यका Safer Valley कार्य योजनालाई थप सशक्त बनाउनस कार्यक्रममको आयोजना गरिएको बताउनुभयो  

       काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिप शम्सेर ज.ब.राले सुरक्षित काठमाडौ उपत्यका( Safer Kathmandu Valley)” त्रि-बर्षिय कार्य योजनाको उद्धेश्य महत्व समेटिएको क्रियाकलाप लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

        कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व आयुक्त तथा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक माननीय केशव प्रसाद बराल,पूर्व  प्रहरी अतिरीक्त महानिरीक्षकहरू डा.गोविन्द प्रसाद थापा, अनन्त राम भट्टराई,रवि कान्त अर्याल,रमेश कुमार श्रेष्ठ,बिज्ञानराज शर्मा, उत्तमराज सुवेदी र किरण बज्राचार्य तथा पूर्व प्रहरी नायव महानिरीक्षकहरू भुवन चन्द्र भट्ट र मनोज नेउपानेले आ-आफ्ना राय तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

      कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू,प्रहरी नायव उपरीक्षकहरू लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।