वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०४-०९
- A
- A-
- A+
काठमाडौं, ९ साउन
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने
लमजुङ दुधपोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय साजन गुरूङ, ललितपुर महालक्ष्मी
नगरपालिका-८ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-१ घर भएका ३६ वर्षीय दिपक थापा,
काठमाडौं कागेश्वरी मनोहरा नगपालिका-५ बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका
४७ वर्षीय टेक बहादुर केसी, ललितपुर महानगरपालिका-२३ बस्ने स्याङ्जा वालिङ नगरपालिका-७
घर भएका ५० वर्षीय भरत प्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने
पर्वत विहादी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् ।
पक्राउ मध्ये साजनले जर्मनी पठाइदिन्छु
भन्दै १ जना पीडितबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ,
टेक बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २१ लाख
रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र
प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ लिई
सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रहरीले साजन र टेक बहादुरलाई काठमाडौं महानगरपालिका-२६
बाट तथा दिपकलाई काठमाडौं महानगरपालिका-३० बाट बुधबार, भरत र प्रेमलाई ललितपुर
महानगरपालिका-१५ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।