प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न ।

२०८२-०४-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, ८ साउन

   भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुका साथै  ट्राफिक एफ.एम.का प्रथम स्टेसन म्यानेजर पूर्व प्रहरी उपरीक्षक पवन कुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने २ जना ट्राफिक प्रहरी र ट्राफिक एफ.एम.का ४ जना कर्मचारीलाई प्रशंसा पत्र मार्फत सम्मान गर्नु भएको थियो ।

   कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले ट्राफिक एफ.एम.ले ट्राफिक व्यवस्थापन, सुरक्षित सवारी आवागमन र जनचेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान गर्नुका साथै कला, संस्कृति र सामाजिक सद्‍भाव जगाउने कार्य समेत गरेको बताउनु भयो ।

मेट्रो ट्राफिक एफ. एम.का स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक इञ्जिनियर अमरेन्द्र प्रसाद सिंहले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् ट्राफिक एफ.एम. व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपस्थित सम्पूर्ण अतिथि महानुभावमा धन्यवाद ज्ञापन व्यक्त गर्दै ट्राफिक एफएमको श्रीवृद्धिका लागि सरोकारवाला निकायले गरेको सहयोग प्रशंसनीय रहेको बताउनु भयो । 

कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आजको युगमा ट्राफिक एफएमले अन्य सञ्चार माध्यमभन्दा भिन्न पहिचान बनाएको र पृथक कार्य गर्दै आएकाले यसको संरक्षण र थप संबर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

 विशेष अतिथि सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर के.सी.ले ट्राफिक एफएमसँगको सहकार्य सडक सुरक्षाका तथा सचेतना क्षेत्रमा लाभदायी भएको बताउनुभयो ।

 कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय  तथा मातहतका प्रहरी अधिकृतहरु, जनप्रतिनिधि, यातायात संबद्ध संघ संस्था, सरोकारवाला निकायका पदाधिकारीहरु, संचारकर्मी, नगरप्रहरी, ट्राफिक एफ.एम.का श्रोता तथा ट्राफिक स्वयमसेवकहरूको सहभागिता रहेको थियो  ।     

 वार्षिकोत्सवकै अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज विहान ०८:०० बजे देखि ११:०० बजे सम्म रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एफ.एम.व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले रक्तदान गरी सुरुवात गर्नु भएको कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारी, ट्राफिक एफ.एम.का श्रोता तथा ईच्छुक सर्वसाधारण गरी ६८ जनाले रक्तदान गर्नु भएको थियो ।

वि.स. २०६८ पौष २६ गतेबाट सञ्चालनको इजाजत पाएको ट्राफिक एफ.एम ९५.५ मेगाहर्जले २०६९ जेठ २५ गतेबाट आफ्नो परिक्षण प्रसारण आरम्भ गरेको थियो । एफ.एमले २०६९ सालकै साउन ८ गतेबाट नियमित प्रसारण सुरु गरेको थियो । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षामा जनमानसलाई सुःसुचित गर्दै आएको यस एफएममा  जनचेतनामुलक, सूचनामुलक र मनोरञ्जनात्मक लगायत विविध कार्यक्रमहरु प्रसारण हुँदै आइरहेका छन् ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।