बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ ।
२०८२-०३-२१
- A
- A-
- A+
काठमाडौं, २१ असार
बैंकिङ कसूर मुद्दाका २ जना फरार
प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं
महानगरपालिका-७ बस्ने सिन्धुली दुधौली नगरपालिका-८ घर भएका ३० वर्षीय प्रलाद खड्का
र काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर
भएका ३६ वर्षीय सुनिल लामा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीबाट बिहीबार
र सुनिललाई चन्द्रागिरी नगरपालिका-५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये प्रलादलाई आवश्यक अनुसन्धान
एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी
कार्यालय सिमरा बारा पठाइएको छ ।