दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-०३-१६
- A
- A-
- A+

मिति २०८२/०३/१६ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर)
को मिति २०८२।०३।१५ गतेको निर्णयानुसार मिति २०८२।०३।१५ गतेबाट लागु हुने गरी जनपद
तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी
निरीक्षक रामेश्वर खरेललाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात
समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको
प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति
हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय
मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा
कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।
प्रहरी
निरीक्षक रामेश्वर खरेलले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ
उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर
प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।