दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-०३-११
- A
- A-
- A+

मिति २०८२/०३/११ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक नेपाल प्रहरी प्रधान
कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८२।०३।१०
गतेको पत्रले २०८२/०३।०९ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी
वरिष्ठ हवल्दार अमृत कुमार श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार मान बहादुर ठगुन्ना
र प्रहरी
वरिष्ठ हवल्दार गोपाल सिंह बुढाथोकीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
भएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात
समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको
प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति
हुनु भएका प्रहरी कर्मचारीहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप
पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा
कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर
ज.ब.रा., सिनियर प्रहरी
अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।