प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र SENTINEL LAB PVT LTD बिच Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न ।

२०८२-०३-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, ९ असार

    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र SENTINEL LAB PVT LTD का Director अनिता देवकोटा बिच Memorandum Of Understanding(MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

   दुई पाङ्ग्रे सवारी साधन चोरी हुनबाट रोक्न सवारी साधनमा जडान गरिने Device बाट सवारी साधनको Real Time Location पहिचान गरी सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धानका साथै  दुई पाङ्ग्रे सवारी साधनहरूमा विशेष गरी रातको समयमा सवार गर्ने महिलाहरूको लागि सुरक्षित यात्राको वातावरण सृजना गरी सवारी साधन र सवारी धनिहरुलाई सुरक्षा प्रदान गर्ने लगायत ट्राफिक जाम तथा यसको कारण पत्ता लगाई  प्रहरी कारबाहीको क्रममा प्रमाणको रुपमा प्रयोग गर्ने उद्देश्य सहित यस सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

  Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा यस Geographic Information System (GIS) प्रविधि सहितको LOCOMO Device बाट अपेक्षित लाभ हासिल हुन सक्ने अपेक्षा गर्नु भयो । साथै आधुनिक समयमा प्रविधिको प्रयोग गरी नेपाल प्रहरीले विभिन्न आपराधिक घटनाहरूको नियन्त्रण तथा अनुसन्धान गरिरहेको चर्चा गर्दै आगामी दिनहरुमा थप प्रविधियुक्त बनाई प्रभावकारी रुपमा सुरक्षा प्रदान गरिने बताउनु भयो ।

      कार्यक्रममा SENTINEL LAB PVT LTD का निर्देशक अनिता देवकोटाले आफ्नो  मन्तव्य व्यक्त गर्दै वर्तमान समयमा प्रविधिको महत्वलाई चर्चा गर्दै नागरिकहरु बिना वर्दीका प्रहरी हुने भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा आफ्नो र संस्थाको तर्फबाट सदैव सहयोग हुने प्रतिवद्दता जनाउनु भयो ।

   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, SENTINEL LAB PVT LTD का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।