सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८२-०३-०४
- A
- A-
- A+
काठमाडौं, ४
असार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको
आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो
देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया MEENA SURJEET SINGH
KHEMANI मंगलबार
राति पक्राउ परेकी छिन् ।
एयर अरेवियाको उडानद्वारा शारजाहबाट
काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले
र्याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ
गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।