प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।

२०८२-०३-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३ असार

    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई सिप्रदी Trading Private Limited तर्फबाट २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।

    काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसमध्ये लाईफ ज्याकेटलाई महत्वपूर्ण उद्दार सामाग्री मानिन्छ जसले उद्दार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै सिप्रदी Trading Private Limited को सहयोगमा २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।

   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले उक्त प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने सिप्रदी Trading Private Limited लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्नु भयो ।  काठमाडौं उपत्यका मातहत काठमाडौं उपत्यका बिशेष सुरक्षा गण त्रिपुरेश्वर, काठमाडौ उपत्यका सशस्त्र प्रहरी गण नं.२ महाराजगंञ्ज र पहरा गण सामाखुसीलाई तत्काल ५०/५० थान हस्तान्तरण  गरी  कुनै पनि समय परिचालन हुने अवस्थामा रहेने गरी स्टयान्ड वाईका रुपमा राख्ने समेत बताउनु भयो ।

   साथै काठमाडौँ उपत्यकामा हुने  मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम  सञ्चालन गरिरहेको समेत जानकारी दिनु भयो ।

   कार्यक्रममा सिप्रदी Trading Private Limited का प्रमुख कार्यकारी अधिकृत राजिब बाबु श्रेष्ठले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, सिप्रदी Trading Private Limited का COO (Chief Operating Officer) राजेश प्रसाद गिरी, सिप्रदी Trading Private Limited का VP (Vice President) सौरभ राज थपलिया साथै सिप्रदी Trading Private Limited का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।