विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०२
- A
- A-
- A+

काठमाडौं उपत्यका प्रहरी कार्यालय
रानीपोखरीको आयोजना
तथा Nepal Association of Rafting Agencies
(NARA) को
सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने
विपद्का
विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद्
लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित
हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान,
सिप तथा
कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का
प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद्
सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०२ गते सम्म
२७९ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण
प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास
प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म सञ्चालन गरिने छ ।