प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सामुदायिक विपद् स्वयमसेवक परिचालन सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

२०८२-०२-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, २५ जेठ

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सामुदायिक विपद् स्वयमसेवक परिचालन सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सभाहलमा सम्पन्न भएको छ ।   

    काठमाडौं उपत्यकामा हुने विपद् जस्तै भूकम्प, बाढी, पहिरो, आगलागी, र मानवजनित आपतकालीन अवस्थाहरू (जस्तै महामारी, दुर्घटना, र हिंसात्मक घटना) को अवस्थामा सुरक्षाकर्मीहरूको साथमा समुदायको सक्रिय सहभागिताको आवश्यकलाई महशुस गरी समुदायका स्थानीय नागरिकहरूलाई विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिक्रिया, र पुनर्स्थापना प्रक्रियामा प्रशिक्षित गर्ने उद्देश्यका साथ Community Disaster Volunteer Programme (CDVP) कार्यक्रम सञ्चालन गरिएको हो जस अन्तर्गत सामुदायिक विपद् स्वयमसेवक बन्न ईच्छुक नागरिकले सामुदायिक प्रहरी सेवा केन्द्र वा नजिकको प्रहरी बृत्त वा प्रभागमा नाम दर्ता गर्न सक्नेछन् ।

   कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विपद् व्यवस्थापनको समयमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै समुदाय र सुरक्षाकर्मीहरूको एक्यवद्धताले मात्र विपद् उद्धार कार्यको लक्ष्य प्राप्ति हुने  महशुस गरी यस कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभयो । साथै मनसुनको समय सुरु हुन लागेकाले मनसुनको समयमा हुने जन धनको क्षतीलाई न्यूनिकरणको निम्ति नेपाल प्रहरीले स्थानिय सरकार साथै अन्य सरोकारवाला निकायससंगको समन्वयमा विपत प्रतिकार्य तयारी अभ्यासहरु गरिरहेको जानकारी समेत दिनुभयो ।

    सो अवसरमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्तर्गगतका सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले विपद्को समयमा अपनाउन सक्ने सुरक्षा सावधानि तथा विपद् उद्धारमा आपसी सहयोग, समन्वय र सहकार्य लगायतका विषयहरुमा जिज्ञासा तथा सुझावहरु समेत राख्नुभएको थियो ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले सामुदायिक विपद् स्वयमसेवक परिचालन  कार्यक्रमको परिचय, यसको उद्देश्य, प्रमुख गतिविधिहरु तथा अपेक्षित उपलब्धिहरू सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।