प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामुदायिक विपद् स्वयमसेवक परिचालन सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।

२०८२-०२-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, २५ जेठ

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सामुदायिक विपद् स्वयमसेवक परिचालन सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सभाहलमा सम्पन्न भएको छ ।   

    काठमाडौं उपत्यकामा हुने विपद् जस्तै भूकम्प, बाढी, पहिरो, आगलागी, र मानवजनित आपतकालीन अवस्थाहरू (जस्तै महामारी, दुर्घटना, र हिंसात्मक घटना) को अवस्थामा सुरक्षाकर्मीहरूको साथमा समुदायको सक्रिय सहभागिताको आवश्यकलाई महशुस गरी समुदायका स्थानीय नागरिकहरूलाई विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिक्रिया, र पुनर्स्थापना प्रक्रियामा प्रशिक्षित गर्ने उद्देश्यका साथ Community Disaster Volunteer Programme (CDVP) कार्यक्रम सञ्चालन गरिएको हो जस अन्तर्गत सामुदायिक विपद् स्वयमसेवक बन्न ईच्छुक नागरिकले सामुदायिक प्रहरी सेवा केन्द्र वा नजिकको प्रहरी बृत्त वा प्रभागमा नाम दर्ता गर्न सक्नेछन् ।

   कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विपद् व्यवस्थापनको समयमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै समुदाय र सुरक्षाकर्मीहरूको एक्यवद्धताले मात्र विपद् उद्धार कार्यको लक्ष्य प्राप्ति हुने  महशुस गरी यस कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभयो । साथै मनसुनको समय सुरु हुन लागेकाले मनसुनको समयमा हुने जन धनको क्षतीलाई न्यूनिकरणको निम्ति नेपाल प्रहरीले स्थानिय सरकार साथै अन्य सरोकारवाला निकायससंगको समन्वयमा विपत प्रतिकार्य तयारी अभ्यासहरु गरिरहेको जानकारी समेत दिनुभयो ।

    सो अवसरमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्तर्गगतका सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले विपद्को समयमा अपनाउन सक्ने सुरक्षा सावधानि तथा विपद् उद्धारमा आपसी सहयोग, समन्वय र सहकार्य लगायतका विषयहरुमा जिज्ञासा तथा सुझावहरु समेत राख्नुभएको थियो ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले सामुदायिक विपद् स्वयमसेवक परिचालन  कार्यक्रमको परिचय, यसको उद्देश्य, प्रमुख गतिविधिहरु तथा अपेक्षित उपलब्धिहरू सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८२-०८-२३

काठमाडौं, २३ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा न्यूनिकरण तथा साइबर अपराध”  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “ प्रविधिको सही प्रयोग गरौः लैंगिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले विगतको समयमा भौतिक रुपमा हिंसा हुने गरेकोमा आधुनिक समयमा आधुनिक उपकरण तथा साइबर प्रविधिको प्रयोग गरी हिंसा भईरहेको वर्तमान परिदृश्यलाई निर्मूल पार्न नागरिकमा सचेतना हुनु पर्नेमा जोड दिदै समुदाय र प्रहरीको सामुहिक सहकार्यका साथ लैंगिक हिंसाको सवालमा संवेदनशील भई लाग्ने साथै कुनै पनि पिडा तथा हिंसामा परेका बालबालिका, महिला, पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्दै कुनै पनि हिंसाका विरुद्ध नेपाल प्रहरी हरेक समय पीडितको साथमा हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरीष्ठ उपरीक्षक रमेश थापा, स्थानिय जन प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु,  सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापनका पदाधिकारीहरु र शिक्षकहरु तथा विद्यार्थीहरु, लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९

       आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति २०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको, जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।       प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।