प्रहरी कन्ट्रोल : १००
नेपा
EN

आत्महत्या रोकथाम र लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न ।

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, २३ जेठ

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा आत्महत्या रोकथाम र लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।   

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका वडा नं. १० र परिवर्तनका निम्ति सहकार्य नेपालको संयुक्त आयोजना एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटारको सहकार्यमा त्रिवेणी  बैंक्वेट मनमैजुमा आत्महत्या रोकथाम र लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

     कार्यक्रममा  प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले आजका विद्यार्थी भोलिको राष्ट्र निर्माणका खम्बाका रुपमा रहेकाले आफ्नो अभिभावकको सन्तान प्रति गरेको समर्पणलाई सम्मान गरी लागू औषध जस्तो गम्भीर कुलतमा नफस्नको निम्ति गलत नीयतका साथीभाई तथा लागूऔषध कारोबारीको प्रलोभनमा नपर्न स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो ।  साथै अपराध भएको वा हुन लागेको आफुले देखेमा नेपाल प्रहरी हटलाइन नम्बर १०० (सय) मा फोन गरी तुरुन्त सूचना दिन समेत अनुरोध गर्नुभयो । 

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. १० का अध्यक्ष कुमार राई, मानसिंह धर्म मा.वि. का प्रधानाध्यापक केदार गजुरेल ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै कार्यक्रमका सभापति परिवर्तनका निम्ति सहकार्य नेपालका अध्यक्ष रबिन प्रसाद थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो ।  

          काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा र प्रहरी निरीक्षक शैलेजा पाण्डेले आत्महत्या न्यूनीकरण सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविराज थपलिया, प्रहरी बृत्त बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्ट, नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू,  विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।