प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

२०८२-०२-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, २० जेठ

             डलर देखाई रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

            नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-३ ढोडेनीमा विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छु भनि प्रलोभन देखाई पीडितलाई डलरको आकारमा काटिएको कागजको बिटो रूमालमा पोको पारेर दिएर  नेपाली ३० लाख रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न तारा बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।

            उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ । 

सम्बन्धित समाचार
विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०४

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका स्थित रानीपोखरीमा‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०४ गते सम्म ४८७ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।             काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्याम कुमारलाई काठमाडौं महानगरपालिका-१४ खसीबजारबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका-१६ बाट प्रहरीले पक्राउ गरेको हो ।             पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई  प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया MEENA SURJEET SINGH KHEMANI मंगलबार राति पक्राउ परेकी छिन् ।             एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।              यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।              पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।              उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको   छ । 

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०३

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०३ गते सम्म ३७८ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-०३

काठमाडौं, ३ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई सिप्रदी Trading Private Limited तर्फबाट २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसमध्ये लाईफ ज्याकेटलाई महत्वपूर्ण उद्दार सामाग्री मानिन्छ जसले उद्दार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै सिप्रदी Trading Private Limited को सहयोगमा २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले उक्त प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने सिप्रदी Trading Private Limited लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्नु भयो ।  काठमाडौं उपत्यका मातहत काठमाडौं उपत्यका बिशेष सुरक्षा गण त्रिपुरेश्वर, काठमाडौ उपत्यका सशस्त्र प्रहरी गण नं.२ महाराजगंञ्ज र पहरा गण सामाखुसीलाई तत्काल ५०/५० थान हस्तान्तरण  गरी  कुनै पनि समय परिचालन हुने अवस्थामा रहेने गरी स्टयान्ड वाईका रुपमा राख्ने समेत बताउनु भयो ।   साथै काठमाडौँ उपत्यकामा हुने  मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम  सञ्चालन गरिरहेको समेत जानकारी दिनु भयो ।    कार्यक्रममा सिप्रदी Trading Private Limited का प्रमुख कार्यकारी अधिकृत राजिब बाबु श्रेष्ठले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, सिप्रदी Trading Private Limited का COO (Chief Operating Officer) राजेश प्रसाद गिरी, सिप्रदी Trading Private Limited का VP (Vice President) सौरभ राज थपलिया साथै सिप्रदी Trading Private Limited का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।