क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२०
- A
- A-
- A+
काठमाडौं,
२० जेठ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी
क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी
नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया
मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै
१ जना पीडितबाट १९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको
आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई
ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।