अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०२-२०
- A
- A-
- A+
काठमाडौं, २० जेठ
काठमाडौं, त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध
गाँजा जस्तो देखिने वस्तु करिब १०
किलो ४ सय २० ग्राम सहित २ जना सोमबार राति पक्राउ
परेका छन् । पक्राउ पर्नेहरूमा थाइल्याण्डका नागरिक ४३ वर्षीय SOMSAK
PATCHA र भारतीय नागरिक २९ वर्षीय PEREIRA GIFFIN रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र
भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई
जाँच गर्ने क्रममा SOMSAK PATCHA को
साथबाट ७ किलो ३ सय १० ग्राम र PEREIRA GIFFIN को साथबाट ३
किलो १ सय १० ग्राम गाँजा जस्तो देखिने वस्तु
फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध
नियन्त्रण ब्यूरो पठाइएको छ ।