प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्राविधिक प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेलको बिदाई कार्यक्रम सम्पन्न ।

२०८२-०२-१४

  • A
  • A-
  • A+
Share

आज मिति २०८२/०२/१४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्राविधिक  प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेलको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।  

     मिति २०५२।०२।१५ गते सेवा प्रवेश गरी तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८२।०१।०८ गतेको पत्रादेशानुसार प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२७ को उपनियम १(घ) बमोजिम सेवा अवधिको आधारमा मिति २०८२।०२।१५ गते अनिवार्य अवकाश भई जान लाग्नु भएका प्राविधिक प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेललाई यस कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।               

         बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको कर्मठ सिपाहीको रुपमा आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्राविधिक प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेललाई धन्यबाद व्यक्त गर्नुहुर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।

     प्राविधिक प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेलले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी,सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
निर्वाचन अधिकृत कार्यालयहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न
२०८२-११-१५

आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, व्यवस्थित तथा भयरहित वातावरणमा सम्पन्न गर्न उपत्यकास्थित निर्वाचन क्षेत्र तथा स्थलहरुको  सुरक्षा अवस्था तथा अन्य तयारीको अवस्थाबारे स्थलगत अनुगमनका क्रममा यस उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीज्यू, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी  मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठज्यू तथा अन्य सुरक्षा निकायका प्रतिनिधि  सम्मिलित टोलीबाट आज भक्तपुर जिल्लाका निर्वाचन क्षेत्र १ र २ अन्तर्गतका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालयहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

अवैध रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित १ जना पक्राउ
२०८२-११-१४

अवैध रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित जिल्ला काठमाडौं नागार्जुन नगरपालिका  १ स्थायी वतन भएका राहदानी नं. PA1878693 वाहक वर्ष ४५ को तारा चन्द चौधरीलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । निज तारा चन्द चौधरी भुटान एयरलाइन्सको उडान नं. B3 773 द्वारा काठमाडौबाट दिल्ली जान लागेको अवस्थामा साथमा लिई आएको पछाडी भिर्ने कालो रंगको झोलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्‍याण्ड व्यागेज चेकिङ एरियाको X- ray Machine मा Screening गर्ने क्रममा उक्त झोला भित्र नेपाली राहदानी ४८ थान वाह्‍य मुलुकतर्फ लान लागेको अवस्थामा फेला परेको थियो । निजलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु काठमाडौं पठाईएको छ ।

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न तीन जना पक्राउ
२०८२-११-१३

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्ला तिला गाउँपालिका-८ घर भएका ३६ वर्षीय धनराज बस्नेत र कास्की माछापुच्छ्रे गाउँपालिका-७ घर भएका ४२ वर्षीय शिव बहादुर घर्ती रहेका छन् ।   काठमाडौं महानगरपालिका-१२ टेकुस्थित शिव बहादुरले संचालन गरेको रोडलाईन प्यालेस होटलमा पीडितलाई बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको सकुशल उद्दार गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहिको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।