प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका भित्रको शान्ती सुरक्षा तथा अन्य समसामयीक विषयमा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८२-०२-१४
- A
- A-
- A+

काठमाडौं, १४ जेठ
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय
प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं
उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुखहरु र अन्य प्रहरी कर्मचारीहरूलाई
निर्देशन सम्बोधन कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सम्पन्न भएको छ
।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी
अतिरिक्त महानिरीक्षक तामाङले काठमाडौ उपत्यकामा हुने कुनै
पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी
कर्मचारीहरूलाई सामुहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक
तवरले कार्य गर्न निर्देशन दिनु भयो । साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन
गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न उपस्थित अधिकृतहरुलाई
निर्देशन समेत दिनु भएको थियो ।
कार्यक्रममा नेपालका प्रहरी
वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु,
सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।