बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-१३
- A
- A-
- A+
काठमाडौं, १३ जेठ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने ४४ वर्षीय महेश्वर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्ति बापत २४ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-३ भेलुखेलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला
अदालत भक्तपुरमा पेश गरिएको छ ।