क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१३
- A
- A-
- A+
काठमाडौं, १३ जेठ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी
क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ
वराहपोखरी गाउँपालिका-५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई सोमबार प्रहरीले पक्राउ
गरेको छ ।
सम्झनाले
क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको
भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।
उनलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।