बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-०९
- A
- A-
- A+
काठमाडौं, ९ जेठ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नवलपरासी पूर्व कावासोती नगरपालिका-४ बस्ने ३८ वर्षीय प्रदिप
भुसाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला
अदालत कैलालीबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२
सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि इलाका प्रहरी कार्यालय सुखड कैलाली पठाइएको छ ।