हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८२-०२-०५
- A
- A-
- A+
काठमाडौं, ५ जेठ
हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं
महानगरपालिका-३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ पलाती घर भएका
२४ वर्षीय संजय बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर
काठमाडौंबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२४ जुद्धशालिकबाट नगद २०
लाख २९ हजार ६ सय २० रूपैयाँ, मोबाइल १ थान र विभिन्न बैंकको चेक ३० थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।