बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-०५
- A
- A-
- A+
काठमाडौं, ५ जेठ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं
महानगरपालिका-३२ बस्ने बारा परवानीपुर गाउँपालिका-५ घर भएका ३१ वर्षीय राकेश
गुप्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार
रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।