प्रहरी निरीक्षक राजु बहादुर वाँनियाको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०१-१४
- A
- A-
- A+

आज मिति २०८२/०१/१४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख
प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त
हुन लाग्नु भएका प्रहरी निरीक्षक राजु बहादुर वाँनियाको बिदाई कार्यक्रम सम्पन्न भएको
छ ।
मिति २०५२।०१।१५ गते सेवा प्रवेश गरी तालुक नेपाल प्रहरी प्रधान कार्यालय
कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।१२।०६ गतेको पत्रादेशानुसार प्रहरी
नियमावली, २०७१ (संशोधन सहित)
को नियम १२९ को उपनियम २ बमोजिम सेवा अवधिको आधारमा मिति २०८२।०१।१५ गते अनिवार्य
अवकाश भई जान लाग्नु भएका प्रहरी निरीक्षक राजु बहादुर वाँनियालाई यस कार्यालयको
तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले खादा तथा “मायाको चिनो” प्रदान
गर्नुभएको थियो ।
बिदाई समारोहलाई सम्बोधन
गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आम नागरीकलाई न्याय र सुरक्षाको
प्रत्याभूती दिदैं संगठनको कर्मठ सिपाहीको रुपमा आफ्नो जीवनको उर्जाशिल समय नेपाल
प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्रहरी
निरीक्षक राजु बहादुर वाँनियालाई धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक
तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।
प्रहरी निरीक्षक राजु बहादुर वाँनियाले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर
र चुनौतीको सम्बन्धमा मन्तव्य प्रस्तुत
गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी,सिनियर
प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।