प्रहरी कन्ट्रोल : १००
नेपा
EN

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुदघाटन कार्यक्रम सम्पन्‍न ।

२०८२-०१-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, ०२ वैशाख 

      काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुदघाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको सभाहलमा मंगलवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

       लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।

            लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्तमान समयमा समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यकता रहेको बताउनु हुदै लागूऔषध सेवनकर्ताहरुलाई समुदाय स्तरमानै अनुशिक्षणका साथै सामाजिक पुन:स्थापना गर्ने उद्धेश्यका साथ काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतले विभिन्न सचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको अवस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोले आयोजना गरेको लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमले समाजमा विकराल रुप लिएको लागूऔषध दुर्व्यवसनको न्यूनिकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।

जिवन विज्ञानका प्रशिक्षक रेखा घिमिरे र आसरा सुधार केन्द्र रानीबारीका प्रशिक्षक गौरब सिरोहियाले प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सिनियर प्रहरी अधिकृतहरु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोका पदाधिकारीहरु तथा सदस्यहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साथै यस कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा आसरा सुधार केन्द्र रानीबारीका बरिष्ठ मनोपरामर्शदाता सम्राट नरसिँह प्रधान प्रशिक्षणमा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुदघाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचँगुनारायणमा समेत सम्पन्न भएको छ ।

 

सम्बन्धित समाचार
नक्कलि हतियार सहित २ जना मानिस नियन्त्रणमा
२०८२-१०-११

माघ ११ आईतबार प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले नक्कलि हतियार सहित २ जनालाई गएराती काठमाडौं महानगरपालिका ३२ स्थित कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ बर्षीय किरण घिमिरे र अछाम घर भई हाल जिल्ला काठमाडौं जडिबुटी बस्ने कुमार लोहार रहेका छन । उनिहरुको साथबाट प्रहरीले ३०३ राइफल जस्तो देखिने डमी लामो हतियार  १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो । सि.सि.टि.भि. फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको यमाह कम्पनीको FZ Version मोटरसाईकल किरण घिमिरेको रहेको खुल्न आए सँगै निजलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई राखेको अवस्थामा सामानहरु फेला परेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ । 

नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
२०८२-१०-११

माघ ११ आईतबार     नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।आज बिहान साढे ६ बजे चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो।प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी ईटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद पदार्थको तौल गर्दा शुद्ध ७ ग्राम रहेको पुष्टि भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भै रहेको छ ।

नेपाल प्रहरी स्कुल सामाखुसीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८२-१०-१०

माघ १० गते शनिवार  नेपाल प्रहरी श्रीमती सँघकी अध्यक्ष नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यमा नेपाल प्रहरी स्कुल सामाखुसीको सत्ताईसौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी कार्कीले विद्यालयको सत्ताईसौँ वार्षिकोत्सवका अवसरमा प्रकाशन हुन लागेको ‘दीप्‍तिका स्मारिका २०८२’ को बिमोचन गर्नुका साथै विद्यार्थीहरुलाई पुरस्कार हस्तान्त्रण गर्नु भयो  । कार्यक्रममा स्कुल व्यवस्थापन समितीका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख संजय सिंह थापा, श्रीमती सँघका पदाधिकारीहरु,  नेपाल प्रहरी स्कुलका प्राचार्य, समादेशक, शिक्षक, शिक्षिकाहरु, विद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०८

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बिच कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।       सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरीक सुरक्षाको लागी मुख्य सरोकारवाला निकाय नेपाल प्रहरी भएकाले नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो । सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-०८

काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।