दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-१२-१०
- A
- A-
- A+

मिति २०८१/१२/१० गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक
टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।१२।०५
गतेको निर्णयानुसार मिति २०८१।१२।१० गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी वरिष्ठ
नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक
राजाराम कार्कीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी
अतिरिक्त महानिरीक्षक तामाङले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै पदोन्नति हुनु
भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा
रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध
रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी
वरिष्ठ उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी
कर्मचारीहरूको उपस्थिति रहेको थियो ।