माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-१२-०८
- A
- A-
- A+
काठमाडौं,
८ चैत
वैदेशिक
रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको
अभियोगमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भई काठमाडौं बुढानिकलण्ठ
नगरपालिका-९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको
छ ।
सिंहले
माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन
भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका-६ सरस्वती कोलोनीबाट पक्राउ
गरेको हो ।
उनलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।