अवैध लागूऔषध सहित विभिन्न स्थानबाट तीन जना पक्राउ
२०८१-१२-०७
- A
- A-
- A+
काठमाडौं,
७ चैत
काठमाडौं, तारकेश्वर नगरपालिका-४
शेषमती सानोपुल एरियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सुनसरी
धरान उपमहानगरपालिका-१७ घर भई काठमाडौं बानियाटार बस्ने २० वर्षीय सुरेन
स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट
खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध
लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई बिहीबार बिहान
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका-२ बस्ने २३ वर्षीय
सितेस कुमार महतो र २० वर्षीय बिष्णु कुमार कामत रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा
र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट
काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५०८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ
सहित पक्राउ गरेको हो ।