अमेरिकी डलर र युरो सहित एक जना पक्राउ
२०८१-१२-०६
- A
- A-
- A+
काठमाडौं,
५ चैत
टोखा
नगरपालिका-२ झोरबाट अमेरिकी डलर र युरो गरी नेपाली रूपैयाँमा हुन आउने जम्मा रकम
२५ करोड १९ लाख २४ हजार ९ सय ५० रूपैयाँ सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१
घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ
लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न
व्यक्तिहरूले ठुलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरू
राजश्व छली गरी अवैध रूपमा ओसार पसार तथा कारोवार गर्ने गरेको भन्ने सूचनाको
आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त
स्थानमा ना.७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिई तलासी गर्दा ट्रकको ड्राईभर
बस्ने क्याविनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरिकी डलर १
सय दरका ३ हजार १ सय १९ थान र ५० दरका १ सय ७९ थान तथा युरो ५ सय दरका ११ थान, २
सय दरका ४ सय ८० थान, १ सय दरका ४ हजार १ सय ४८ थान र ५० दरका १७ हजार १ सय ७७ थान
फेला पारी चालक लामालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लामा २०७३ पुस १३
गते ७ केजी सुन सहित पक्राउ परी राजश्व छली सुन चोरी पैठारी मुद्दामा ५ वर्ष कैद
भुक्तान गरेको खुल्न आएको छ ।
उनलाई
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा
कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।