प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सुरक्षित काठमाडौं उपत्यका : हाम्रो भूमिका, दायित्व र चुनौती विषयक अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न ।

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

फागुन २८,

     काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सुरक्षित काठमाडौं उपत्यका : हाम्रो भूमिका, दायित्व र चुनौती विषयक अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

  काठमाडौं उपत्यकाको शान्ति सु-व्यवस्था कायम राख्ने, अपराधको रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक प्रविधिको प्रयोगमा वृद्धि गर्ने, अपराध अनुसन्धानमा स्रोत साधन र क्षमता अभिवृद्धि गर्दै प्रमाणमुखी तथा प्रविधिमैत्री अनुसन्धानमा जोड दिने, खतराको मुल्याङकन(Threat Analysis)को आधारमा  सुरक्षाको वर्गीकरण गरी वैज्ञानिक प्रविधिको अधिकतम प्रयोग गर्ने, भौतिक स्रोत साधनको व्यवस्थापनको साथ-साथै प्रहरी कर्मचारीहरुमा व्यवसायिक सुदृढीकरणको माध्यमबाट प्रहरी सेवामा गुणस्तर वृद्धि गरी काठमाडौं उपत्यकाको शान्ति सु-व्यवस्था कायम राख्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षित काठमाडौं उपत्यका (Safer Kathmandu Valley) को अवधारणा अघि सारि अभियानसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरु संग अन्तर्क्रिया तथा छलफल गरी प्राप्त सुझावका आधारमा त्रिवर्षिय कार्ययोजना निर्माण प्रयोजनार्थ आजको कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा यस अभियान संग सम्बन्धित नेपाल चेम्वर अफ कमर्श, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संघ उपत्यका ट्याक्सी विशेष समिति, नेपाल यातायात मजदूर संग, नेपाल मीटर ट्याक्सी संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, PABSON, NPABSON, HISSAN, Fishtail Security Company, British Security Service, HAN, NATT,TAAN, नेपाल पत्रकार महासंघ काठमाडौं, अभिभावक महासंघ, कालीमाटी तथा तरकारी व्यवसायी संस्था, नेपाल उपभोक्ता महासंघ/ मञ्च, नेपाल बैकर्स संघ, पूर्व प्रहरी उपत्यका समन्वय समिति, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कन्द्र टुडालदेवी तथा इचंगुनारायण, काठमाडौं रात्रिकालिन व्यवसायी संघ, ढुवानी व्यवसायी संघ, रेष्टुरेण्ट व्यवसायी संघ, ठमेल पर्यटक विकास परिषद, नेपाल लोक दोहोरी व्यवसायी संघ, क्लव डिस्को व्यवसायी संघ नेपाल, दोहोरी साँझ कोटेश्वर एरिया, नेपाल उधोग वाणिज्य संघ काठमाडौं, नेपाल औषधी व्यवसायी  महासंघ, अखिल नेपाल यातायात मजदुर संघका प्रमुख तथा प्रतिनिधिहरुको निमन्त्रणा रहेको कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले आफ्नो राय तथा सुझावहरु राख्नु भएको थियो ।

     कार्यक्रममा उपस्थित अतिथिहरुबाट उठेका राय तथा सुझावहरुको सम्बोधन गर्नुहुदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अभियानसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको अमूल्य सुझावले यस अभियानलाई सफल र सार्थक तुल्याउन अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।  साथै आगामी दिनहरुमा समेत यस अभियानलाई थप समय सापेक्ष तथा व्यवस्थित बनाउन अन्य सरोकारवाला निकायहरुलाई समेत समेटनुका साथै प्राप्त राय सुझावहरुको सम्बन्धमा थप अध्ययन गरी व्यवहारमा लागू गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

   सुरक्षित काठमाडौं उपत्यका निर्माणको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक प्रविण धितालले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरे, जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतजिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अघिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी,  सिनियर प्रहरी अधिकृतहरू तथा अभियानसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।