अभौतिक मुद्राको कारोबारमा संलग्न सहित सात जना पक्राउ
२०८१-११-२१
- A
- A-
- A+
काठमाडौं,
२१ फागुन
अभौतिक
मुद्राको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको अभियोगमा ६ जना सहित ७ जनालाई
प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ
पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका-४ घर भई काठमाडौं
टोखा नगरपालिका-८ ग्रीनल्याण्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुरूङ तथा लुटपाटमा
संलग्न प्युठान गौमुखी गाउँपालिका-४ बस्ने ३६ वर्षीय राजेन्द्र बहादुर केसी, बाँके
बैजनाथ गाउँपालिका-७ बस्ने ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी, खोटाङ रावा बेसी गाउँपालिका-४
बस्ने २४ वर्षीय हिरा मंग्राती, मोरङ सुन्दरहरैंचा नगरपालिका-२४ बस्ने २४ वर्षीय कपिल
बस्नेत, दोलखा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय संजोक
तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने २० वर्षीय मनिस कुमार
राय रहेका छन् ।
काठमाडौं
महानगरपालिका-३ तिलिङ्गेटारमा अभौतिक मुद्राको अवैध कारोवार भइरहेको भन्ने सूचनाको
आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले रोशनलाई काठमाडौं महानगरपालिका-३
तिलिङ्गेटारबाट सोमबार पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उनको साथमा
रहेको नगद १४ लाख रूपैयाँ लुटपाट भएको भनी खुल्न आएपश्चात लुटपाटमा संलग्न राजेन्द्र
बहादुर समेत ६ जनालाई पक्राउ गरेको हो ।
प्रारम्भिक
अनुसन्धानको क्रममा रोशनले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १ सय ६२ रूपैयाँ बराबरको अभौतिक
मुद्राको कारोबार गरेको खुल्न आएको छ ।
उनीहरू
उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।