प्रहरी कन्ट्रोल : १००
नेपा
EN

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ

२०८१-११-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, १७ फागुन 

            काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार एक समारोहबीच शुभारम्भ भएको छ ।

       गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी शुभारम्भ गर्नुभएको सो समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्वपूर्ण व्यक्तित्वहरू, युवा, विद्यार्थीहरू, चलचित्र, कला, संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूले एउटै संयन्त्र बोध गरी शुभारम्भ भएको यस महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । लागूऔषध दुर्व्यवसनले दुर्व्यवसनकर्ता व्यक्तिलाई मात्र नभई समग्र परिवार र समाजलाई नै खोक्रो पारी विभिन्न अपराधहरूमा समेत वृद्धि भइरहेकोले यसको न्यूनिकरण र नियन्त्रणमा नागरिकसँग प्रत्यक्ष पहुचका साथै नागरिकको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले थप पहल कदमी लिनुपर्नेमा जोड दिनुभयो ।

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य प्रस्तुत गर्नुहुदै लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थामा समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै संयन्त्ररुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी एउटै सयन्त्रको रुपमा सवल र शसक्त अभियानको औचित्यका रुपमा यस महाअभियान शुभारम्भ गरिएको बताउनु भयो ।

          कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको प्रमुख सामाजिक समस्याको रूपमा रहेको उल्लेख गर्दै नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय वर्तमान आवश्यक रहेको बताउनुभयो ।

            कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गईरहेकोले यसको न्यूनिकरण, रोकथाम समेत संवेदनशील विषयको रूपमा देखापर्दै आएको बताउनुभयो । निश्चित व्यक्ति, परिवार र समाज मात्र नभई समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रणमा समयमै एकजुट हुन नसकेको खण्डमा उत्पादनशील तथा सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि वृद्धि हुन जाने हुँदा यसको विरूद्धको सामुहिक एक्यवद्धता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । 

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल र ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पाहरूबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी प्रतिवद्वतापत्र आदान प्रदान समेत भएको थियो ।            

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., वरिष्ठ कलाकार सरोज खनाल, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल, पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित लगायतले आ-आफ्नो प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट गिती नाटक सम्बन्धी भिडियो समेत प्रस्तुत गरिएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला न्यायाधिवक्ताहरू, गृहमन्त्रालयका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल स्काउटका प्रमुख आयुक्त, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, कलाकारहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।