३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित विमानस्थलबाट चार जना पक्राउ
२०८१-११-१५
- A
- A-
- A+
काठमाडौं, १५ फागुन
त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलबाट प्रहरीले ३ केजी ७४५ ग्राम सुन जस्तो देखिने पहेंलो रङको धातु सहित ४
जना उज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ । गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत
आएका ३ महिला र एक जना पुरुषलाई मलद्वारमा लुकाएर छिपाइ ल्याएको अवस्थामा प्रहरीले
३ किलो ७४५ ग्राम सो धातु बरामद गरेको छ । पक्राउ पर्नेमा बर्ष ४९ की फेजिभा
साउदत (FAYZIEVA SAODAT), बर्ष ४८ की अख्मेदोभा उमेदा
( AKHMEDOVA UMIDA), बर्ष ५४ कि मारिफालिभा
दिलफुजा ( MARIFALIEVA DILFUZA) र बर्ष
४१ को तुरसुनोभ सारदोर ( TURSUNOV SARDOR) रहेका छन् ।
घटनाबारे थप अनुसन्धानको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाईएको छ ।