ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-११-१४
- A
- A-
- A+
काठमाडौं, १४ फागुन
ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी
रूकुम पूर्व सिस्ने गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने २७ वर्षीय कमल बोहरालाई
सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौं बबरमहलबाट ठगी
सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला
प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।