अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८१-११-१४
- A
- A-
- A+
काठमाडौं, १४ फागुन
काठमाडौं,
टोखा नगरपालिका-९ दिपज्योतीस्थित सुमन तामाङले संचालन गरेको खाजा घरबाट अवैध लागूऔषध
गाँजा १ किलो ७० ग्राम, पोल्याण्ड १ सय ४४ ग्राम र नगद १८ हजार २ सय रूपैयाँ सहित खाजा
घर संचालक तामाङ समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी
प्रभाग गोंगबुबाट खटिएको प्रहरीले खाजा घरको काउन्टर नजिक कागजमा रोल बनाई लुकाई
छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।