प्रहरी कन्ट्रोल : १००
नेपा
EN

काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न ।

२०८१-११-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, १२ फागुन

          काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका विभिन्न ईकाइमा प्रमुखको रुपमा कार्यरत  प्रहरी अधिकृतहरुलाई निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

      जिल्ला प्रहरी परिसर काठमाडौंको सभा हलमा उपस्थित  काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी परिसरहरु, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय,प्रहरी वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नेपाल प्रहरीको मुख्य जिम्मेवारी नै शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान भएकाले कुनै पनि अपराध घटिसकेपछि घटना स्थलको संरक्षण, घटना स्थल क्षेत्रको सुरक्षा तथा सवुदको संरक्षण सम्बन्धी ज्ञान हरेक प्रहरी कर्मचारीमा हुनु पर्नेमा जोड दिदै अपराध नियन्त्रण र अनुसन्धान कार्यमा खटिने प्रहरी कर्मचारीले फौजदारी अपराध संहिता तथा कार्यविधी संहिताको अध्ययन अपरिहार्य रहेको बताउदै काठमाडौं उपत्यकाका तीन जिल्लामा अपराधको चाप ज्यादा हुने हुँदा प्रहरी कार्य बढि संवेदनशिल र चुनौतीपूर्ण रहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।   साथै आफ्नो तालुक कार्यालयबाट आएका  परिपत्रहरु अत्यन्त विचार पुर्याएर गरिएको हुनाले त्यसलाई पालना गर्नु हरेक मातहत कार्यालयको दायित्व हुने बताउदै आगामी दिनहरुमा समेत थप समय सापेक्ष रुपले कार्य सम्पादन गर्न निर्देशन दिनु भयो ।

      सोही क्रममा महाशिवरात्रीको समयमा हुने  शिवरात्री मेलाको ड्यूटिको क्रममा प्रहरी कर्मचारीबाट हुन सक्ने कमि कमजोरीहरु तथा विगतको समयमा प्रहरी कर्मचारीले भोगेका समस्याहरुलाई औल्याउदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा लाग्ने शिवरात्री मेलाको सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुले मेलाको क्रममा हुनसक्ने सुरक्षा चुनौतीहरुलाई निष्तेज गर्न सम्बन्धित कमाण्डरले आफ्नो टोलीलाई जिम्मेवारीका सम्बन्धमा सम्झाई-बुझाई गर्नुका साथै मातहतका कर्मचारीसंग  समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै मेलाको समयमा घट्न सक्ने अपराधको कारक तत्व मुल्याङ्कन गरी सोही अनुरुपको सुरक्षा योजना निर्माण गरी  हरेक नागरीकको मानव अधिकार कायम गरी, नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत शिवरात्री मेला सम्पन्न बनाउन समेत निर्देशन दिनु भयो ।

           कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरे, जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत,  जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अघिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी,  प्रहरी उपरीक्षकहरु, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।