प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न ।

२०८१-११-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, ०९ फागुन

   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा मिति २०८१।०६।१० गतेदेखि यस कार्यालयमा कार्यरत रहनु भई नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।११।०२ गतेको निर्णयानुसार प्रहरी नायव उपरीक्षक पदमा बढुवा भई तालुक नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय आन्तरिक लेखा परिक्षण शाखा नक्साल काठमाडौं पदस्थापन पश्चात कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव उपरीक्षक सुरेश गौतम तथा मिति २०८१।०५।२६ गतेदेखि यस कार्यालयमा कार्यरत रहनु भई नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।११।०२ गतेको निर्णयानुसार प्रहरी नायव उपरीक्षक पदमा बढुवा भई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँके पदस्थापन पश्चात कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लको बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।

   बिदाई तथा फेरी भेटौंला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बिदाई भएर जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक सुरेश गौतम र प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लले यस कार्यालयमा कार्यरत रहँदा प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नु भयो । साथै पदोन्नती सगैं  पदस्थापन हुनु भएका प्रहरी नायव उपरीक्षकद्वयले नयाँ कार्यक्षेत्रमा समेत कुशल तथा व्यवसायिक रुपमा प्रहरी कार्य सम्पादन गरी आफ्नो दक्षता प्रस्तुत गर्नुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

   प्रहरी नायव उपरीक्षक सुरेश गौतमले यस कार्यालयमा रहँदा बस्दाको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।