प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

२०८१-११-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, ९ फागुन

नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ धार्पा घर भएका ४८ वर्षीय दल बहादुर तामाङ रहेका छन् ।

विगत एक महिना देखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाई सर्वसाधारणहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत अपराध शाखा भक्तपुर र पिसिसिबि थिमीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा-६ मुलपानीबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ थान र पिलास १ थान समेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका भित्रको शान्ती सुरक्षा तथा अन्य समसामयीक विषयमा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८२-०२-१४

काठमाडौं, १४ जेठ            काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुखहरु र अन्य प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सम्पन्न भएको छ ।             कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले काठमाडौ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई सामुहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले कार्य गर्न निर्देशन दिनु भयो । साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न उपस्थित अधिकृतहरुलाई निर्देशन समेत दिनु भएको थियो ।    कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  

प्राविधिक प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेलको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०२-१४

आज मिति २०८२/०२/१४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्राविधिक  प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेलको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।       मिति २०५२।०२।१५ गते सेवा प्रवेश गरी तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८२।०१।०८ गतेको पत्रादेशानुसार प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२७ को उपनियम १(घ) बमोजिम सेवा अवधिको आधारमा मिति २०८२।०२।१५ गते अनिवार्य अवकाश भई जान लाग्नु भएका प्राविधिक प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेललाई यस कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको थियो ।                        बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको कर्मठ सिपाहीको रुपमा आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएकोमा प्राविधिक प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेललाई धन्यबाद व्यक्त गर्नुहुर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।      प्राविधिक प्रहरी निरीक्षक कृष्ण मुरारी पौडेलले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी,सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-१३

काठमाडौं, १३ जेठ             वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ वराहपोखरी गाउँपालिका-५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।             सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।             उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
२०८२-०२-११

काठमाडौं, ११ जेठ            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।               काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका, सामुदायिक सेवा केन्द्र गोंगबु र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुको संयुक्त आयोजना तथा नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको सहकार्यमा सौगात पार्टी प्यालेसमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।             सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।             कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्न जनचेतनाको ठुलो महत्व रहेको चर्चा गर्दै लागूऔषध रहित समाज निर्माण गर्न प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायहरूले समन्वय, सहकार्य तथा दायित्व बोध गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।             कार्यक्रममा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले दुर्व्यसनमुक्त टोखा नगरपालिका बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।            कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साउथ वेस्ट्रन स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसी, शिक्षाविद् डा. विद्यानाथ कोईराला, नेपाल औषधी व्यवसायी संघ काठमाडौंका जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र टोखा नगरपालिकाका बाल अधिकार समितिका सदस्य डा. कृष्ण सुबेदीले लगायतका महानुभावहरूले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।             टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा लागूऔषध दुर्वयसन रहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।              कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, यातायात व्यवसायीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

हनि ट्रयापमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-०२-०९

काठमाडौं, ९ जेठ    काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-१ गागलफेदी सातघट्टेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ घर भएका ३३ वर्षीय बिजय बानिया, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-६ तीनचुली बस्ने २७ वर्षीय सन्जिब पुरी रहेका छन् । प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले प्र.३-०२-०२१ प ६११८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१२ टेकुस्थित ब्रम्हटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६७ ट्याब्लेट, मोबाइल ७ थान र नगद १९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली घर भएका २४ वर्षीय सागर श्रेष्ठ, काठमाडौं टेकु बस्ने काभ्रे भएका २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट घर भएका २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ घर भएका २५ वर्षीय बिजय आलेमगर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।