बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित महिला पक्राउ
२०८१-११-०४
- A
- A-
- A+
काठमाडौं, ४ फागुन
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान
लागेको विदेशी मुद्रा सहित अमेरिकी नागरिक ४६ वर्षीया NI YAN लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया
जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय
उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच
गर्ने क्रममा उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २
सय ४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९
थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १ सय २२ थान फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि
प्रहरी वृत्त गौशाला पठाइएको छ ।