जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८१-१०-३०
- A
- A-
- A+
काठमाडौं,
३० माघ
काठमाडौं, चन्द्रागिरी नगरपालिका-१०
बोशीगाउँ बस्ने विरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विरेन्द्र
समेत ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको
प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रूपैयाँ, कौडा १८ थान र ३ बुक तास
सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।