मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१०-३०
- A
- A-
- A+
काठमाडौं,
३० माघ
वैदेशिक
रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम
ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ घर भई ललितपुर
महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपलिका-२३ बसन्तपुर बस्ने ३७ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।
पक्राउ
मध्ये लिल बहादुरले मलेसिया पठाइदिछु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र
बिशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई
सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिल बहादुरलाई काठमाडौं
बत्तीसपुतलीबाट र बिशाललाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं
पठाइएको छ ।